स्वरोजगार कार्यक्रममा चासो देखाएन गौरीगञ्जका स्थानीय सरकारले : बजेट फ्रीज हुने अबस्थामा

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज । सार ४ । वडा कार्यालयहरुले स्वरोजगार कार्यक्रम प्रति चासो नलिदा गौरीगञ्ज गाउँपालिकामा आएको स्वरोजगार कार्यक्रमको रु १६ लाख बजेट फ्रीप हुने अबस्थामा पुगेको छ । चालु आर्थिक बर्ष सक्किन २६ दिन मात्र बाकी हँदा समेत सबै वडाहरुबाट स्वरोजगार प्रस्ताब नआउदा रकम फ्रीज हुने अबस्थामा पुगेको हो ।
गौरीगञ्ज गाउँपालिकाका रोजगार कार्यक्रम सँयोजक बेगम राइका अनुसार अहिले सम्म ३ वटा वडाहरुले मात्र स्वरोजगार कार्यक्रमका लागि नाम र प्रस्ताब प्स गरेको छ । बाँकी ३ वटा वडाहरुबाट प्रस्ताब आएको छैन । वटा नँ २, ४ र ५ ले मात्र परस्ताव पेस गरेको हो ।
सँयोजक राइका अनुसार प्रत्येक वडाबाट १२— १२ जनालाइ रोजगारी दिने हिसाबले सरकारले प्रत्येक वडालाइ रु ४ लाखका दरले रकम बिनियोन गरेको हो र सो रकम असार मसान्त सम्म रोजगार दिएर खर्च गरिसक्नु पर्ने हो ।
नियम अनुसार प्रत्येक वडाका १२ — १२ जनालाइ ३० दिन का दरले रोजगार लिनु पर्ने हो तर अब चालु आर्थिक वर्ष सकिन २६ दिन मात्र बाँकी रहेकाले केहि वडाले १२ को साटो २४ जना लाइ १५ दिनका दरले रोजगार दिएर बजेट सक्ने उपाय समेत सोचेका छन् सोहि अनुरुप वडा नँ ४ ले २४ जनाको नाम प्रस्ताव गरेको कुरा सँयोजक राइले बताइन् । तर सबै वडाबाट प्रस्ताब नआइसकेकाले कार्यक्रम शुरु गर्न कठिनाइ भएको कुरा उनले बताएकी छन् ।
गत बैशाख मसान्त सम्म स्वरोजगारी फारम भर्ने म्याद तोकिएकोमा गौरीगञ्ज गाउँपालिका भरी जम्मा १ हजार ४ सय ६४ जनाले स्वरोजगार फारम भरेका थिए जस मध्ये वडा नँ १ बाट १ सय २५ जना वडा नँ २ बाट ५ सय ५३ जना वडा नँ ३ बाट २ सय ५५ जना वडा नँ ४ बाट १ सय ९६ जना वडा नँ ५ बाट १ सय ८१ जना र वडा नँ ६ बाट १ सय ५४ जनाले स्वरोजगार फारम भरेका थिए ।
बिकास निर्माणका योजना र अनुगमनमा ब्यसत भएकाले वडा कार्यालयहरुले स्वरोजगार कार्यक्रमको प्स्ताव पठाउन ढिलो भएको कुरा एक वडाध्यक्षले बताए । आर्थिक वर्ष सक्किनै लाग्दा स्वरोजगार कार्यक्रम अन्तर्गत प्रस्ताबित युवाहरुलाइ सडक निर्माण तटबन्ध लगायतका काममा रोजगारी दिइने कुरा गाउँपालिका का प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यले बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *