गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्वबियु र नेबिसँघ बिच प्रतिस्पर्धा हुने भएको छ । आइतबार नारा जुलुस सहित प्रस्तुत भएका यि दुबै बिद्यार्थी सँगठनले आ आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यक्रम तालिका अनुसार आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय तोकिएकोमा सो समय भित्र अनेरास्वबियु र नेबिसँघले छुट्टाछुट्टै प्यानल को उम्मेद्वारी दर्ता गराएको कुरा निर्वाचन अधिकृत भक्त भण्डारीले जनाएका छन् ।


नेबिसँघ का तर्फबाट स्वबियु सभापती पदका लागि रोशन यादबको उम्मेद्वारी मनोनयन दर्ता भएको छ भने अनेरास्वबियु का तर्फबाट स्वबियु सभापती पदका लागि इस्तप हुसेनको उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।
त्यसैगरि नेबिसँघका तर्फबाट सचिब पदका लागि रमेश प्रसाद ताजपुरिया र सदस्य पदहरुमा डिल्ली प्रसाद राजवँशी देबीका कुमारी राजवँशी र निराजन सिँह गन्गाइको उम्मेदबारी मनोनयन दर्ता भएको छ । यता अनेरास्वबियुका तर्फबाट स्वबियु सचिब पदका लागि निरबहादुर प्रधान कोषाध्यक्ष पदका लागि निरज माली र सदस्य पदहरुमा ममता कुमारी राजवँशी समिक्षा कटुवाल र कृष्ण प्रसाद गन्गाइको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । त्यसैगरी कोषाध्यक्ष पदमा रेणुका कुमारी राजवंशी को स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।‌ नेबिसँघ र अखिल क्रान्तिकारी बीच गठबन्धन भएको र गत १९ गते क्याम्पस मा अखिल क्रान्तिकारी दर्ता नभएकाले अखिल क्रान्तिकारी को तर्फ बाट रोशन यादव को प्यानलमा रहने गरि रेणुका राजवंशी को स्वतन्त्र उम्मेदवारी दर्ता भएको बुझिएको छ ।

अखिलको प्यानल


समानुपातिक बन्द सुची भित्र अनेरास्वबियु का तर्फबाट मुजफ्फर आलम इन्द्रा कुमारी शर्मा सुस्मीता बराल प्रेम लकान्द्री र नमिता कुमारी राजवँशीको नाम पठाइएको छ भने नेबिसँघका तर्फबाट समानुपातिक कन्द सुचीमा लीजा गिरी सुमन कुमार गिरी पुजा साह ममता राजवँशी र बिमल टुडुको नाम पठाइएको कुरा सँगठनहरुले बताएका छन् ।

नेविसंघ को प्यानल


निर्वाचन कार्यक्रम तालिका अनुसार आज मनोनयन दर्ता भएका उम्मेद्वारहरु माथी दाबी बिरोध गर्ने अन्तिम समय भोली २९ गते बिहान ८ बजे सम्मको समय तोकिएको कुरा निर्वाचन अधिकृत भण्डारीले जनाएका छन् । त्रिभुवन बिश्व बिद्यालय लगायत देश भरिका आँगिक क्याम्पसहरुमा चैत्र ५ गते स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब तय गरिएको छ । सो दिन गौरीगञ्ज बहुमुखी क्याम्पसमा सभापती सहित ६ पदका लागि प्रत्यक्ष चुनाबी प्रतिस्पर्धा हुनेछ भने समानुपातिक मत भारका आधारमा उपसभापती सहित ५ जना पदाधिकारी हरु बन्द सुचीबाट चयन गरिनेछ ।