माघ २१ झापा ‌ गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पस मा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थी हरुलाई बिदाइ गरिएकोछ । क्याम्पस मा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनिहरु लाई बिदाई गरिएको हो ।


स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको बिदाई कार्यक्रमा अनेरास्ववियु गौरीगञ्ज क्याम्पस का अध्यक्ष निशान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए।


बिदाई हुने चौथो वर्षका बिद्यार्थी हरुका तर्फबाट बिदाई मन्तब्य राख्दै बिद्यार्थी कृष्ण दास बाबाजीले चार बर्ष एउटै परिवार जस्तो भएर बसेको मा आज एक अर्का सँग बिदाई हुनुपर्दा दुख लागेको कुरा बताए । त्यसैगरी शिक्षक प्राध्यापक हरुका तर्फबाट बिदाई मन्तब्य राख्दै प्राध्यापक चन्द्र खड्काले बिदाई भएर जाने आफ्ना बिद्यार्थी हरुलाइ स्नातकोत्तर उतिर्ण गरि पुन: आफ्नै गाउँमा फर्केर सेवा गर्ने आग्रह गरेका थिए ।
गौरीगञ्ज क्याम्पसले उत्पादन गरेका विद्यार्थी हरुले देशका बिभिन्न क्षेत्रमा अग्रपँत्तीमा बसेर सेवा गरिरहेको कुरा स्मरण गर्दै बिदा भएर जाने विद्यार्थी हरुले समेत आगामी दिनमा देशका बिभिन्न क्षेत्रमा प्रगती गर्दै जाने बिश्वास रहेको कुरा क्याम्पस प्रमुख सर्वत लाल राजवंशी ले बताए । उनले बिदाई भएर जान लागेका बिद्यार्थीहरुको उज्जवल भविष्यको लागि शुभकामना समेत व्यक्त गरेका छन् ‌ ।


स्वबियु सभापति देब ताजपुरीया को सभापतित्व र क्याम्पस प्रमुख सर्वतलाल राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्नातक तह चौथो वर्षका बिद्यार्थी हरुलाइ खादा, फुलमाला तथा मायाको चिनो सहित बिदाई गरिएको थियो ।