७ साउन, काठमाडौं । लकडाउन अन्त्य भएसँगै स्थगित परीक्षाहरु सञ्चसलन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ भने त्रिभुवन बिश्वबिद्यसलयले पनि स्थगित स्नातक र स्नातकोत्तर का परीक्षाहरु सँचालन गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै त्रि नि र बोर्डले तयारी अगाडि बढाएको छ ।
कक्षा १२ को असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।’
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै परीक्षा सञ्चालन गरिने डीनको कार्यालयले जनाएकाे छ। परीक्षा सम्बन्धी विस्तृत विवरण आगामी साउन १५ गतेसम्म प्रकाशित गरिने सूचनामा उल्लेख छ।
उता त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षा आगामी भदौ ७ गतेबाट गर्ने निर्णय गरेको छ।
इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा आगामी भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा आगामी भदौ १५ गतेदेखि सञ्चालन हुने जनाएको छ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै परीक्षा सञ्चालन गरिने डीनको कार्यालयले जनाएकाे छ। परीक्षा सम्बन्धी विस्तृत विवरण आगामी साउन १५ गतेसम्म प्रकाशित गरिने सूचनामा उल्लेख छ।
त्रिभुवन विश्वविद्यायले स्थगित भएका अन्य संकायका परीक्षाहरु पनि भदौभित्र सञ्चालन गर्ने र परीक्षा सञ्चालन कार्यातालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै भएपछि गत चैत ७ गतेदेखि हुने भनिएका त्रिविका सम्पूर्ण परीक्षा स्थगित भएका थिए। सरकारले गत चैत ५ गते एसईई लगायतका सम्पूर्ण परीक्षा र विद्यालय तथा विश्वविद्यालयको पठनपाठन रोक्ने निर्णय गरेको थियो।
सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य भएको औपचारिक घोषणा गरेको छ। लकडाउन अन्त्यसँगै सरकारले भदौ १ गतेदेखि विद्यालयमा भर्ना तथा परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।