चैत २० गौरीगञ्ज । शिक्षा सेवा आयोग पास गरि आएका प्रथमिक तहका नव नियुक्त शिक्षकहरुलाइ पदस्थापन गर्ने प्रकृयामा गौरीगञ्ज गाउँपालिकामा राजनिति शुरु भएको छ । जिल्ला शिक्षा बिकास समन्वय समितीले गौरीगञ्ज गाउँपालिकामा रिक्त रहेका बिद्यालयहरुको लागि २० जना नयाँ शिक्षकहरुको नाम सिफारिस गरेर पठाएको तीन दिन बिति सक्दा समेत राजनैतिक चलखेलका कारण पदस्थापन गर्न सकेको छैन ।
जिल्लाबाट सिफारिस भएर आएको तीन दिन पछी आज सोमबार गाउँपालिकाले नयाँ नियुक्ती पाएका शिक्षकहरुलाइ बोलाएर पदस्थापन कार्यक्रमको आयोजना गरेपनि उनिहरुलाइ कुन कुन बिद्यालयमा पठाउने भनि पत्र दिन सकेनन् । नव नियुक्त शिक्षकहरुलाइ टिका मात्र लगाइ दिएर पदस्थापन कार्यक्रम समापन गरेका थिए । मन्त्री परिषदको निर्णय बाट पारित भएको शिक्षक पदस्थापनका आधार तथ मार्गदर्शन बिपरित फुलबती राजवँशी नेतृत्वको शिक्षा समितीले शिक्षक पदस्थापन गर्न खोजेपछी पदस्थापन कार्यक्रममा बिबाद देखिएको थियो ।
मन्त्री परिपदको निर्णय बाट पास भएको शिक्षक पदस्थापनको आधार तथा मार्गदर्शनमा स्थायी नियुक्ती भएर आएकाहरुलाइ सिफारिस योग्यता क्रमका आधारमा पदस्थापन गर्नु पने उल्लेख छ । तर सो नियम बिपरित योग्यता क्रममा पछाडि रहेका हरुलाइ इच्छाएको बिद्यालयमा पदस्थापन गर्न खोजेपछी योग्यता क्रममा अगाडी रहेका शिषकहरुले बिरोध जनाएको एक नव नियुक्त शिक्षकले बताए ।
पालिका प्रमुख तथा शिक्षा समिती प्रमुखले योग्गता क्रममा पछाडी रहेका आफ्ना कार्यकर्ताका आफन्तलाइ इच्छाएको बिद्यालयमा पठाउन खोजेपछी समस्या देखिएको एक शिक्षकले बताए ।
यस बारे शिक्षा शाखाका अधिकृत टँक खरेल सँग जिज्ञासा राख्दा उनले पदस्थापन का आधार तथा मार्ग दर्शनमा महिला तथा अपाँगता भएका हरुलाइ प्राथमिकतामा राख्नु पर्ने समेत नियम भएकाले पदस्थापन मिलान गर्न ढिलो भएको बताए । तर योगयता क्रममा महिलाहरु मध्ये नै पहिलो नम्बर रहेको महिला शिक्षकलाइ समेत इच्छाएको बिद्यालय न दिइएको बुझिएको छ । सिफारिस भइ बएको सुचिमा ९ जना महिला मध्ये जुना श्रेष्ठ तेश्रो नँबरमा अर्थात महिलाहरु मध्ये को पहिलो नँबरमा छन् । सिफारिस भइ आएको सुचीमा मनराज ताजपुरिया योग्यता क्रमको दोश्रो नँबरमा छन् । उनले रोजेको बिद्यालय राष्ट्रिय प्राबि गेउरियाडाँगी कुनै महिला उम्मेद्वारको रोजाइमा परेको देखिदैन । तर पनि सो बिद्यालयमा उनलाइ नदिएर एक नेपाली काँग्रेस कार्यकर्ताको आफन्तलाइ दिन खोजिएको बुझिएको छ । योग्यता क्रममा पहिलो नँबरमा रहेका केशब कार्कीले समेत आफुले रोजेको बिद्यालय पाउनमा ढुक्क हुन नसेका छैनन् । यस बारे बुझ्न गौरीगञ्ज दर्पणका प्रतिनिधि गाउँपालिका पुग्दा शिक्षा समिती सँयोजक फुलबती राजवँशी गाउँपालिका बाट बाहिरि सकेका थिए भने उनलाइ फोन सँपर्क गर्न खोज्दा सँपर्क हुन सकेन ।
बिबाद देखिएपछी मँगलबार बिहान मात्र पदस्थापन गर्ने कुरा श्रोतले बताएको छ । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले अहिले बाहिर सुनिएको कुरामा सत्य नभएको र नियम अनुसार नै नव नियुक्त शिक्षकहरुलाइ पदस्थापन गरिने बुरा बताएका छन् । तर गाउँ कार्यपालिका भित्र कै एक जिम्मेबार ब्यक्तीले पदस्थापन प्रकृयामा तेश्रो पक्षको हस्तक्षेप भएको र सोहि कारणले पदस्थापन गर्न ढिला भएको स्विकारेका छन् । उनको तेश्रो पक्ष शब्दले राजनैतिक हस्तक्षेकको सँकेत गरेको छ ।