स्थानिय हरुको बिरोध पछी हुलाकी सडकका ठेकेदारले फिर्ता पठाए बाहिरको कामदार

पढ्न समय: 2 मिनेट


८ भदौ गौरीगञ्ज । कोरोना सँक्रमण समुदाय स्तरमा फैलिएको बेला जिल्ला प्रसासन कार्यालय झापाले गौरीगञ्ज लगायतको क्षेत्रमा जारी गरेको निषेधाज्ञा लाइ बेवास्ता गर्दै हुलाकी सडक निर्माणका लागि ठेकेदार कम्पनीले जिल्ला बाहिरको कामदार ल्याए पछी स्थानियहरु बिरोधमा उत्रिएका छन् ।
आइतबार बिहान बाहिरको कामदार ल्याएको र बेलुकाको समयमा उक्त कामदारहरु गुट्खा, चुरोट किन्ने बाहानामा गाउँ डुल्न थालेपछी आतँकित बनेका गौरीगञ्ज २ तुलार्चौन तथा ग्वालमुनी र बैगुन्धुराका का स्थानियहरु आज बिरोधमा उत्रेका हुन । तुलार्चौन स्थित कन्सट्रक्सन कम्पनीको क्याम्प अगसडी स्थानियहरु बिरोधमा उत्रेपछी ठेकेदारले बाहिरका करिब ३० जना कामदारलाइ आजै फिर्ता पठाएका छन् । ठेकेदार कम्पनी मोतिदान कन्सट्रक्सनका प्रतिनिधीहरुले सो कामदारहरु झापा गाउँपालिका बाट ल्याएको भने पनि उनिहरु सर्लाही लगायतका जिल्लाहरुबाट आएको र उनिहरुको कोरोना परीक्षण पनि नभएको कामदारहरु आफै स्विकार गरेका छन् ।
बाहिरका अपरिचित मानिसहरु बेलुका गाउँभरी डुलेको देख्दा आफुहरु त्रसित भएको कुरा स्थानिय युवा सुजन श्रेष्ठले बताए । स्थानिय बुद्धिजिवि भोला खतिवडाले कोरोनाको त्रास फैलिएको बेला पिसिआर टेस्ट नै नभएका मानिसहरु गाउँ डुलेपछी आफुहरु आतँकित बनेको बताए ।

सहमतीहरु


कन्सट्रक्सनको क्याम्पमा सयौ मजदुरहरु काम गरे पनि क्याम्प भित्र शौचालय नरहेको र मजदुरहरुले बाहिर दिसा पिसाब गरेर चारैतिर फोहर र कोरोना सँक्रमणको खतरा बढाएको गुनासो स्थानिय युवा राम बस्नेतले सुनाए ।
स्थानियको बिरोध पछी आज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष अघनुप्रसाद राजवँशीको रोहबरमा ठेकेदार कम्पनी सँग लिखित सहमती गराइएको छ । सहमती अनुसार कम्पनीले बाहिरको कामदार ल्याउदा स्थानिय सरकारसँग समन्वय गरेर मात्र ल्याउनेर सरकारी मापदण्ड अनुसार कोरोना परीक्षण गरेर मात्र ल्याउने, सम्भब भएसम्म स्थानिय हरुलाइ नै रोजगार दिने, हुलाकी सडकका मालबाहक गाडीले बिगारेका सडकहरु ठेकेदार कम्पनीले अबिलम्ब मर्मत गर्ने , शौचालयको ब्यबस्था गर्ने र मोतिदान कन्सट्रक्सनलाइ कर्मचारी मजदुरहरुको पिसिआर टेस्ट गर्ने र सो को रिपोर्ट नआउञ्जेल निर्माण कार्य बन्द राखि सबै मजदुर कर्मचारीहरु होम क्वारेन्टाइन मा बस्ने लिखित सहमती गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्