मँसिर १८ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले स्थानिय पाठ्यक्रमको लागि सुझाव सँकलन गरेको छ । सोमबार वडा नँ ६ स्थित शिवालय मन्दिरको एक अन्तरकृयाको आयोजना गरि पाठ्यक्रमका लागि सुझाव सँकलन गरिएको छ ।
शिक्षा समिती सँयोजक तथा गापा अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा भएको अन्तरकृयामा स्थानिय पाठ्यक्रम निर्माण समितीका सदस्य तथा शिक्षा बिद अशोक कालाखेतीले हाल सम्म कक्षा १ देखि ५ सम्मका लागि निर्माण भएको गौरीगञ्जको स्थानिय पाठ्यक्रम प्रस्तुत गरेका थिए भने अन्तरकृयामा प्रस्तुत पाठ्यक्रम माथि शिक्षक प्रधानाध्यापक बिद्यालय ब्यवस्थापन समिती का पदाधिकारी तथा सरोकार वालाहरुले सुझाव दिएका थिए ।
अन्तरकृयामा सहभागि हरुले स्थानिय पाठ्यक्रममा गौरीग्जको स्थानिय इतिहास भुगोल तथा समाजलाइ समेट्नु पर्ने त्यसैगरि गौरीगञ्जको बिकासमा योगदान पुर्याएका ब्यक्तित्वहरुको जीवनी स्थानिय जातजातीका भाषा धर्म र सँस्कृती आदीलाइ समेट्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै गापा अध्यक्ष फुलबती राजवँशीले आगामी शैक्षिक सत्र २०८१ देखि लागु हुने गरि पाठ्य पुस्तक लेखन कार्य शुरु गर्न पाठ्यक्रम निर्माण समितीलाइ अनुरोध गरेका छन् ।
कार्यक्रममा वडाध्यक्ष हरु बिभिन्न बिद्यालयका प्रधानाध्यापक शिक्षक र शिक्षिका हरु बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु तथा निजि बिद्यालयहरुका प्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।