बुद्धशान्ति-४ स्थित जोरलाबरमा शनिबार विद्यालय बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा पश्चिम तर्फबाट पूर्वतर्फ जाँदै गरेकोे ना ४ ख १३१३ नं को शान्ति आदर्श मावि शान्तिनगरको स्कुल बसले बाटोमा हिँड्दै गरेकी ८ वर्षीया सोमिया तामाङलाई ठक्कर दिएको र उपचारको क्रममा बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा सोमियाको साँझ ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त स्कुल बस चालक इलाम रोङ-५ का ५२ वर्षिय प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रण गरेको छ ।