स्कर्ट र हाफ पाईन्ट लगाउने सेवाग्राहीलाई झापा प्रशासनमा रोक

असोज १७, भद्रपुर । अस्वाभाविक र भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ ।
प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।

दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेमा थाहा नभएको भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् ।

यसअघि झापा जिल्ला अदालतले हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो ।

अघिल्लो लेखमारँगेलीमा १३ बर्षिया बालिकाको असुरक्षित गर्भपतन, एक पक्राउ
अर्को लेखमाप्रदेश सरकार खारेजीको माग गर्दै शनिबार बिराटनगरमा प्रदर्शन हुने