सोमबार प्रदेश नँ १ मा कहाँ कहाँ थपिए कति सँक्रमित !

पढ्न समय: 1 मिनेट

२६ साउन झापा । प्रदेश १ मा सोमबार l ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
थपिएका सँक्रमितहरु ६ महिला र ३६ पुरुष रहेका छन् ।
सोमबार झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, मोरँगको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४६५ पुगेको छ ।
सोमबार नै ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्