झापा । धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुङ्गा खोलस्थित बाँसघारीमा एक युवाको शव फेला परेको छ ।
हत्या गरिएका युवा कनकाई नगरपालिका-३ का २२ वर्षीय अभिषेक चौधरी भएको प्रहरीले जनाएको छ ।
नको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली खटाएर अनसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्