पुस २६ गौरीगञ्ज । सुरक्षित आप्रवासन परियोजना (सामी परियोजना) ले गौरीगञ्जमा सुरक्षित बैदेशिक रोजगार सँबन्धी एक दिने गहन अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । बिराट सामुदायिक अध्ययन केन्द्र को समन्वयमा भएको तालिममा अध्ययन केन्द्रका परिचालक ईन्द्र कार्कीले सहजिकरण गरेका थिए । बैदेशिक रोजगारीमा जान इच्छुक तथा बिदेश बाट फर्किएका करिब १ दर्जन युवाहरु सहभागि भएको अभिमुखिकरण तालिम मा बैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने साबधानी, सिक्नु पर्ने सीप र प्रकृया लगायतको विषयमा सहजिकरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल को उपस्थितिमा सम्पन्न अभिमुखिकरण मा गाउँपालिका अध्यक्ष श्रेष्ठ र परियोजना का गौरीगञ्ज उपशाखा काउन्सेलर पुजन न्यौपाने कुँवर लगायतले मन्तब्य राखेका थिए ।