जेठ ४ गौरीगञ्ज । बैदेशिक रोजगारीलाइ कसरी सुरक्षित बनाउने बारे गौरीगञ्जमा सरोकारवालाहरु सँग अन्तरकृया गरिएको छ । सामी परियोजना अन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रम र गौरीगञ्ज गाउँपालिकाको रोजगार केन्द्र को सहकार्यमा अन्तरकृया गरिएको हो ।

अन्तरकृयामा सहभागिहरुका तर्फबाट बैदेशिक रोजगारीमा म्यानपावर तथा एजेन्टहरुबाट हुने ठगि, बैदेशिक रोजगारीबाट फर्केकाहरुलाइ सरकारबाट ब्यवस्थापनमा हुने उदाशिनता, बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव नेपाल फर्काउन हुने झन्झट, भिजिट भिजामा गएकाहरुको बिचल्ली लगायतका समस्याहरु उठाइएको थियो । सहभागिहरुका तर्फबाट उठेका प्रश्नहरुको जवाफ दिदै अन्तरकृयामा सहजकर्ताको भुमिकामा रहेका सुरक्षित आप्रवासन कार्यक्रम झापाका सँयोजक फडिन्द्र दाहालले बैदेशिक रोजगारीमा जानु पुर्व सुरक्षित आप्रवासन श्रोत केन्द्रबाट परामर्श लिएर र सिप सिकेर बैदेशिक रोजगारमा जानु सुरक्षित हुने कुरा बताए । उनले एजेन्टहरुका मिठा मिठा कुरामा नभुल्न र आफुलाइ भिजा लागेको हो कि होइन, हो भने कुन कम्पनीमा हो र कती तलब, कती समय काम गर्नु पर्ने, के काम हो आदि कुरा निश्चित गरेर मात्र जानु पर्ने बताएका थिए । बैदेशिक रोजगारीमा जानु पर्दा एजेन्ट मार्फत नगइ भरपर्दो म्यान पावर कम्पनी मार्फत जाँदा सुरक्षित हुने कुरा बताए । बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शब ल्याउने प्रकृया सुरक्षित आप्रवाशन श्रोत केन्द्र मार्फत हुन् समेत उनले बताएका थिए ।

बैदेशिक रोजगारीमा हुँदा वा श्रम स्विकृतीको अबधी छँदै नेपाल फर्किसकेर मृत्यु भएमा २१ लाख रुपैया बिमा रकम प्रप्त हुँने कुरा उनले बताए । सो बिमा रकम प्राप्त गर्न तेश्रो ब्यक्तीलाइ बिचौलियाको रुपमा प्रयोग गर्दा ठगि हुन सक्ने बताउदै उनले बिमा रकम प्राप्त गर्न समेत स्थानिय पालिकाको रोजगार केन्द्र वा सुरक्षित आप्रवासन श्रोत केन्द्र मार्फत प्रकृया अघि बढाउदा सुरक्षित हुने बताए । बैदर्शिक रोजगारमा मृत्यु भएकाहरुको सन्तानलाइ सरकारले क्षात्रबृतीको समेत ब्यवस्था गरेकोमा सचेतनाको कमीका कारण सो क्षात्रबृती सम्म आम नेपालीको पहुँच नपुगेको बताउदै सो बारेमा समेत सहभागिहरुले गाउँ गाउँमा सचेतना फैलाउनु पर्ने उनले जिकिर गरे ।

अन्तरकृयामा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले हाल श्रम स्विकृती र पुनर श्रम स्विकृती गाउँपालिकाकै रोजगार केन्द्रबाट हुने गरेको कुरा बताउदै आफु बैदेशिक रोजगारीमा जाँदा सुरक्षित हुँन एजेन्ट वा म्यान पावरले दिएको भिजा सक्कली हो की नक्कली हो भनेर आफै पता लगाउन सकिने कुरा बताए । उनले मोवाइलको म्यासेज बक्समा गएर क्यापिटल लेटरमा पि पि लेखेर स्पेस दिइ आफ्नो पासपोर्ट नँबर टाइप गरि ३४००१ मा एसएमएस पठाउँदा आफ्नो भिजाको सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले बैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाइ गाउँपालिका बाट प्राप्त हुने सेवा तथा जानकारीहरु र कानुनी ब्यबस्थाहरुका बारेमा अभिमुखिकरण गरेका थिए । त्यसै गरि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुँडामणी आपागाइले राहदानी बनाउने प्रकृयाहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले बैदेशिक रोजगारीलाइ सुरक्षित बनाउन सचेतना फैलाउनु पर्ने बताउदै अन्तरकृयामा आफुहरुले थाहा पाएका कुराहरु आआफ्नो गाउँ टोल छिमेकमा समेत जानकारी गराउन सहभागीहरुलाइ आग्रह गरेका थिए । कार्यक्रममा रोजगार शाखाका प्रमुख बेगम राइ लगायत सामी परियोजना सुरक्षित आप्रवासन कार्यक्रमका कर्मचारीहरु वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।