२८ साउन झापा । सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्र गौरीगञ्जको पहलमा मलेसियामा बिरामी भइ अलपत्र परेका एक नेपालीको उद्दार गरिएको छ । बैदेशिक रोजगारीका लागि मलेसिया रहेका झापा गौरीगञ्ज वडा नँ ५ का २६ वर्षिय युवाको उद्दार गरि मँगलबार गौरीगञ्ज ल्याइएको छ । उनि लामो समय देखि मलेसियामा अस्वस्थ्य रहेको तर घर फर्किन चाहे पनि कार्यरत कम्पनीले चासो नदिएकोले उनि निचल्लिमा परेका थिए ।
गत साउन १४ गते ति युवाको आफन्त गौरीगञ्ज स्थित सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्र को कार्यालयको सम्पर्कमा आएका थिए । श्रोत केन्द्रले प्रवासी नेपाली समन्वय समितीसँग समन्वय गरि मलेसिया स्थित नेपाली राजदुताबास को पहलमा ति युवालाइ फर्काउन सफल भएको कुरा श्रोत केन्द्र की काउन्सेलर पुजन न्यौपाने कुँवरले वताएकी छन् ।
स्वास्थ्य अबस्था बिग्रेपछी आफु घर फर्किन कोसिस गरे पनि कतैबाट सहयोग नपाएको र अन्त्यमा परिवारका मान्छेले सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्र मा समस्या सुनाएपछी बल्ल आफु घर आउन पाएको कुरा ति युवाले हिजो गौरीगञ्ज आइपुगेपछी गौरीगञ्ज दर्पणलाइ बताएकाछन् । उनि सकुसल घर आइपुग्न पाउँदा खुशी समेत ब्यक्त गरेकाछन् । सोमबार काठमाण्डौ आइ पुगेका उनलाइ सेनाको गाडिले हिजो बिर्तामोड ल्याइ पुर्याएको थियो । बिर्तामोडबाट गौरीगञ्ज क्वारेन्टाइन को एम्बुलेन्सले उनलाइ गौरीगञ्ज क्वारेन्टाइन ल्याइ पुर्याएका थिए । बेलुकी उनको स्वास्थ्यमा समस्या देखिएपछी उनलाइ राति नै एम्बुलेन्समा मेचि प्रादेशिक अस्पताल पुर्याइएको कुरा क्वारेन्टाइन सँयोजक अनुप शर्माले बताएकाछन् ।
गत मँसिरमा गौरीगञ्ज ३ मा स्थापना भएको सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्र ले बैदरशिक रोजगारीका लागि इलाका प्रसासन कार्यालय गौरीगञ्जमा राहदानी का लागि आबेदन दिन आउने १ सय ३ महिलासहित हालसम्म ३ सय १७ जनतालाइ सुरक्षित बैदेशिक रोजगारका लागि परामर्श प्रदान गरिसकेको छ भने बैदेशिक रोजगारीको शीलशीलामा बिचल्लिमा परेका हरुलाइ कानुनी लगायत अन्य परामर्श तथा घर फर्किन चाहनेहरुलाइ आवश्यक समन्वय गर्दै आएको छ ।
स्विजरल्याण्ड सरकार नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा यो परियोजना सँचालन भएको हो ।
सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्र द्वारा मलेसियाबाट एक बिरामीको उद्दार
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्