सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु

रबिन्द्र बराल ।
चैत १८, मोरङ । मोरङकाे सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जा काे खेल मैदानमा बिधिवत रुपमा क्रिकेट खेल काे उद्घाटन गरि खेल सुरु भएको हाे । उद्घाटन कार्यक्रम का प्रमुख अतिथि नेपाली काङ्ग्रेस का डिग वहादुर लिम्बू ,बिष्ट अतिथि नेपाली काङ्ग्रेस का जिल्ला सचिव माेदराज घिमिरे , नगरपालिका का मेयर काली प्रसाद दास, बडा अध्यक्ष , स्थानीय बुद्धिजीवी हरु काे उपस्थितिमा खेलकाे उद्घाटन मा अतिथि हरुलाई नृत्य समेत देखाएर मनाेरञ्न गरिएका थिए । उक्त खेलमा नगर भित्र का १६ टिमकाे सहभागीता रहेकाे छ । चैत्र १८ गतेदेखि सुरु भएर ३१ गतेसम्म साे खेल सन्चालन हुने छ।खेलका बिजेता लाई नगद १ लाख रुपैयाँ र उपविजेता लाई ७५ हजार नगद, प्रमाणपत्र सिल्ड समेत हस्तान्तरण गरिने खेलका संयोजक मकर तामाङले बताए । उक्त खेल दैनिकी २ बटा खेल हुने र २० आेभर काे खेल खेलाईने तामाङले बताए ।

अघिल्लो लेखमागौरीगञ्जको फत्तेपुर नाकामा हेल्थ डेस्क स्थापना
अर्को लेखमासामाजिक विकास मन्त्री राईद्धारा मन्त्रालयका प्राथमिकता र कार्यक्रम सार्वजनिक