रबिन्द्र बराल
माेरङ काे सुनवर्षी नगरपालिका ले कृषक हरु लाई माझदारीमा च्याफकटर र अरमाना ठेला बितरण गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम काे आयाेजना गरेर उक्त समाग्री हरु कृषक हरु लाई बितरण गरेको छ । प्रथम चाैमासिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत माझेदारीमा २० वटा च्याफकटर र ७५ प्रतिशत साझेदारीमा ४५ आेटा अरमान ठेला हस्तान्तरण गरिएको हाे । नगरपालिका भित्रका उत्कृष्ट कृषक हरु लाई छनाैट गरेर विभिन्न सामाग्री हरु बितरण समेत गर्दे आईरहेकाे नगरपालिका प्रमुख काली प्रसाद दास ले बताए । नगरले बिगत का दिन हरु मा माछाका भुरा, बाख्रा, पाठा ,पाठी र बुङ्गुर का पाठा पाठी , र घाँस का बीउ समेत बितरण गरिदै आईरहेकाे पशु स्वास्थ्य प्राबिधिक रंजित कुमार झा ले बताए ।

व्यवसायिक रुपमा गाई, भैसि, बाख्रा पालन गरि रहेका कृषकहरुलाई च्याफकटर र अरमाना ठेला बितरण गरेको छ । कार्यक्रम काे प्रमुख अथिति रहेका काली प्रसाद दास ले कृषक हरुलाई सामाग्री हरु हस्तान्तरण गरेका थिए । पशु प्राविधिक अनिल कुमार झा, स्थानीय रुद्र खड्का ,श्याम राई, खगेन्द्र वस्नेत लगायत काे उपस्थित समेत रहेको थियो । नवीन कृषि फर्मका हरिमायाँ उप्रती ले नगरपालिका लेे यसरी व्यवसायक रुपमा काम गर्देे आएकाे कृषक लाई यसरी प्रत्साहन गरेर सामग्री बितरण गरेको मा आफुलाई अझै थप काम गर्ने प्राेत्साहन पाएकाे र आगामी दिन हरु माा समेत यस्तो कार्यक्रम लाई निरन्तरता दिन समते आग्रह गरेका छन । नगरका राधाकृष्ण पोखरेल, अम्बिका अधिकारी , खगेन्द्र बस्नेत, विष्णुमाया भण्डारी, हेमन्त कटुवाल लगायत लाई साे सामाग्री हस्तान्तरण गरिएको थियोे ।