रबिन्द्र बराल
माघ २९, मोरँग । मोरङको सुनवर्षी नगरपालिका पशुपंक्षी सेवा शाखा ले वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न गरेको छ। सो गाउपालिकाको वाडा न ४ कुडेली काे महेन्द्र निम्न माध्यमिक बिधालयमा शिविरको आयोजना गरिएको थियो । साेे शिविरमा १ सय ८४ घर धुरिका पशु चौपायाको स्वास्थ्य उपचार गरिएको र शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियो ।उक्त सेवामा २ हजार २ सय बटा गाई, गााेरु, बाख्र, हरु काे परीक्षण गरिएको मेडिकल उपचार गरिएको पशु सेवा प्राविधिक प्रमुुख अनिल झा लेे बताए । अब गर्मीको समय सुरु भएको हुनाले दुव्लाे र शरीर कमजोर भएको गाई गाेरु हरुलाई नाम्लेकाे दवाई र भिटामिन समेत खुवाउनुु पर्ने बताएका छन ।
उद्घाटन कार्यक्रममा डाक्टर सुशील कुमार अधिकारी ,डाक्टर राधेवन्द्र तिवारी डाक्टर संन्जय यादव, शंकर यादव, रंजित झा लगायतको उपस्थिति समेत रहेको थियो । विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रतेक वडा मा पशु स्वास्थ्य सिविरका आयोजना समेत गर्दे आएकाे पशु सेवा का प्रमुख अनिल झा ले बताए ।