
१५ साउन गौरीगञ्ज ।बुधबार कोरोनासँक्रमणका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरँग सुनबर्षि ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएपछी सुनबर्षि नगरपालिकाको वडा नँ ८ सिक्टी क्षेत्र सिल गरिएको छ । समुदाय स्तरमा कोरोनासँक्रमण फैलिएको आशँकामा साउन १४ गते राति १२ बजेदेखि लागु हुने गरि र साउन १७ गते राति १२ बजे सम्म का लागि सो वडासील गरिएको कुरा सुनबर्षि नगरपालिकाका नगर प्रमुख कालि प्रसाद दास ले बताएका छन् ।
४५ वर्षिय पुरुषको सँक्रमणका कारण बुधबार साझ मृत्यु भएको खबर पाए लगतै बसेको कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । मृतकको सँपर्कमा आएका हरुको पहिचान गर्न र थप ब्यक्तिहरुमा सँक्रमण फैलिन नदिन सो निर्णय गरिएको बताइएको छ । नगरपालिकाले हिजो अबेर राति सुचना प्रकाशित गरि वडा नँ ८ लाइ सिल गरि सिक्टी, डाइनिया, मल्दैयाटोल, झपटलाल सिक्टी र बरडँगा सिक्टीमा सुरक्षा जाँच तैनाथ गराउने जनाएको छ ।
मृतक जेठ २२ गते भारतको हैदराबादबाट नेपाल आइ इस्लामिया मदरसा क्वारेन्टाइन मा बसेका थिए । उनको स्वाब थ्रोट रिपोर्ट नेगेटिभ आएपछी उनि असार १ गते घर गएका थिए । त्यसको महिना दिन पछि साउन ६ गते भारत स्थित उनको साली बिरामी भएकाले उनि भारत स्थित केरागाछी गएको र उतैबाट उनि उपचारका लागि पुर्णिया गएका थिए । त्यसपछी उनि भारतकै अररिया झाल स्थित ससुराली घरमा तिन दिन बसि उच्च ज्वरो सहित नेपाल फर्केका थिए । साउन ११ गते सुनबर्षि ८ सिक्टी स्थित घर फर्केका उनि क्वारेन्टाइन नगइ घरमै बसेका थिए । ज्वरो आएका कारण उनि गाउँमै सामान्य उपचार गराएको र गाउँकै एक स्वास्थय कर्मि सँग ग्लुकोज पानी चढाएको कुरा नगरपालिका कार्यालयले जनाएको छ । ज्वरो कम नभएपछी उनि साउन १३ गते बिराटनगर स्थित गोल्डेन र कोशी अस्पताल गएको बताइएको छ । कोशी अस्पताल, विराटनगरको ‘फिबर क्लिनिकमा आएपछि आइसोलेसनमा भर्ना गरेर स्वाब संकलन गर्न लगाइएको थियो उनको अवस्था गम्भिर र, रिपोर्ट पोजेटिभ आएले धरान रिफर गरिएको कुरा नगरपालिकाले जनाएको छ । उनको बुधबार साँझ धरानमै मृत्यु भएको हो ।