कार्तिक २३, डडेलधुरा । डोटीमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।
डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प डोटीलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशसम्मको जिल्लामा महसुस गरिएको स््थानी हरुलेय जनाएकाछन् ।
भुकम्पले के कति क्षति भयो भन्ने बिस्तृत बिवरण प्राप्त नभएपनि यो समाचार तयार पार्दासम्म गौरीगञ्ज दर्पण लाई प्राप्त भएको जानकारी अनुसार ३ जनाको मृत्यु भएको छ भने डोटीमा घरहरु समेत भत्किएका छन् । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको कुरा सोहि गाउँपालिका का अध्यक्ष रामप्रसाद उपाध्याय ले बताएका छन् ।