
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूटको भुकम्प
फागुन १५, झापा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । झापामा भने २ बजेर ५२ मिनेटमा धक्का महशुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ । काठमाडौं पोखरा बिराटनगर झापा र भारतको दार्जिलिङ लगायतका क्षेत्रमा धक्का महशुस गरिएको खबरहरु प्राप्त भइरहेको छ । क्षतिको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।