बैशाख १२ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा थप ७ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । गौरीगञ्ज वडा नँ १ का ३ जना पुरुष र ४ जना महिला मा सँक्रमण पुष्टि भएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् ।
५७, ५३ र ६० बर्ष का पुरुष तथा ५७, ३६, २१ र २४ बर्षकि महिलामा सँक्रमण पुष्टि भएको कुरा प्रहरी चौकी कुञ्जिबारीका असई रुपेण राजभोर ले जनाएका छन् । सँक्रमित मध्ये ३ जना एकै परिवारको रहेको बुझिएको छ ।
शुक्रबार सोहि वडाकी २४ वर्षिय महिला बैदेशिक रोजगारी प्रयोजनका लागि कोटिहोम स्थित ल्याबमा स्वाब परिक्षण गराउदा पोजेटिभ देखिएको र उनका छिमेकी हरुमा रुघाखोकि लगायतको लक्षण देखिएकोमा आज सोहि कोटिहोम ल्याबमा १३ जना छिमेकी हरुले स्वाब परीक्षण गराउदा ६ जनाको रिपोर्ट पोजेटिभ आएको कुरा पोजेटिभ मध्येका ५७ वर्षिय पुरुष ले गौरीगञ्ज दर्पण डटकम लाई जानकारी गराएका छन् । सँक्रमित मध्ये एक जना स्थानिय एक सामुदायिक विद्यालय का प्रधानाध्यापक रहेको बुझिएको छ ।
यस अघि आजै दिउसो गौरीगञ्ज ४ कि एक ३६ वर्षिय महिला लाई सँक्रमण पुष्टि भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले पुष्टि गरिसकेको छ ।