साता दिन बित्न नपाउँदै फेरि बढ्यो प्याट्रोलियम पदार्थको मूल्य

फागुन ४, काठमाडौं । मुल्य बढेको एक साता बित्न नपाउँदै पुनः पेट्रोलियम पदार्थको भाउ बढाईएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।

निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

अघिल्लो लेखमाझापामा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु
अर्को लेखमाझापाकी एक किशोरी तिन दिनदेखि सम्पर्कविहीन : खोजिदिन परिवारको आग्रह