सहकारीको सँस्थागत सुशासन तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
जेठ २५ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित सहकारी सँस्थाहरुको सँस्थागत सुशासन तथा क्षमता अभिबृद्धि सँबन्धी ३ दिने तालिम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको आयोजनामा भएको तालिममा गौरीगञ्ज क्षेत्रमा सेवारत गौरीगञ्ज गाउँपालिका मातहतका ११ सहकारी र प्रदेश मातहतका ३ सहकारी गरि १४ बटा सहकारीहरुको सञ्चालक सदस्य तथा ब्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

गत जेठ २३ गतेदेखि आठमौजा सहकारीको सभाहलमा शुरु भएको तालिममा प्रशिक्षक अर्जुन दँगालले सहकारीको सँस्थागत सुशासनको बारेमा र प्रशिक्षक तिलक कार्कीले आन्तरिक नियन्त्रण प्रणालीको बारेमा अभिमुखिकरण गरेका थिए । त्यस्तै प्रशिक्षक किरण पौडेलले सम्पत्ति सुद्धिकरण फारम तथा गोमेल लगायत सफ्टवेयरहरुको बारेमा अभिमुखिकरण गरेका थिए ।
तालिमको समापन सत्रमा सहभागि प्रशिक्षार्थीहरुले यस्ता प्रकारका तालिम आर्थिक बर्षको अन्त्य हुन लाग्दा मात्र सञ्चालन गरिने परिपाटीलाइ गाउँपालिकाले परिवर्तन गर्नु पर्ने बताएका थिए ।
तालिमको समापन गर्दै सहकारी शाखा सँयोजक तथा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले सहभागिहरको रुचिका आधारमा आगामि बर्षहरुमा कार्यक्रमहरु तय गरिने बताएकी छन् । तालिमको समापन सत्रको सहजिकरण गाउँपालिका सहकारी शाखा अधिकृत नारायण चँदाराले गरेका थिए ।