
कार्तिक ४, गौरीगञज । सशस्त्र प्रहरी बल को बिपद व्यवस्थापन उद्धार टोलिले बुधबार गौरीगू्ज १ होकलबाडी बाट एक सुत्केरी महिलाको उद्धार गरेको छ ।
आमगाछी बिओपि का प्रहरी निरीक्षक सुशिल अधिकारी को नेतृत्वमा खटिएको सशस्त्र प्रहरी को बिपद व्यवस्थापन उद्धार सँयुक्त टोलिले होकलबाडीकी ३५ बरषिया सुत्केरी देश माया लिम्बुलाई उद्दार गरि अस्पताल पठाएको हो ।

कन्काई मा आएको बाढिका कारण सम्पर्क विहिन वनेको होकलबाडी गाउँको अवस्था बुझ्न रवर बोटको सहारामा पुगेको नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी सहित सशस्त्र प्रहरी को उद्दार टोलिले ति महिलालाई सुरक्षित रुपमा मा उद्धार गरेको हो ।
सुत्केरी हुने समय भइसकेपनि सोमबार देखि को अबिरल वर्षाका कारण होकलबाडी गाउँलाई चारैतिर बाट कन्काई नदिको भगालोले घेरे पछी परिवार ले ति महिलालाई अस्पताल पठाउन सकिएको थिएन ।