• बैशाख २६, २०८१
  • Madan Rajbanshi
  • 0

बैशाख २६ गौरीगञ्ज । सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा गौरादह नगरपालिका वडा नँ ७ ग्वालडुब्बा का वडा सचिब ओमनाथ तिवारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले हिजो मँगलबार बिहान १०: ३० बजेको आसपास उनलाइ वडा कार्यालय अगाडीबाट पक्राउ गरेको हो ।

वडा सचिब तिवारीले २०७६ सालमा एकजना कर्तब्य ज्यान मुद्दाको अभियुक्तलाइ आम माफी दिलाउन जन्ममिती घटाएर जन्म दर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा पक्राउ गरेको कुरा श्रोतले जनाएको छ ।

साबिक जुरोपानी गाबिस वडा नँ ९ की ११ बर्षिया बालिका अस्मिता राजवँशीको २०७१ जेठ ३० गते भएको हत्याको अभियोगमा अदालतबाट दोषि ठहर भइ जेल सजाय भोगि रहेकी निशा माझीलाइ घटनाको बखत नाबालक रहेको देखाइ सँबिधान दिबसको अबसरमा राष्ट्रपती द्वारा आममाफी दिलाउन वडा सचिब तिवारीले अभियुक्त माझीको उमेर ३ बर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा पक्राउ परेको बुझिएको छ ।
अभियुक्त माझीको सक्कली जन्म दर्तामा जन्म मिती २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ सालमा वडा सचिब तिवारीले उनको उमेर ३ बर्ष घटाएर जम्ममिती २०५५ साल राखि प्रतिलिपि जारी गरेको श्रोतले बताएको छ । अभियुक्त माझीको उमेर ३ बर्ष घटाउँदा हत्याको घटनाको समय अभियुक्तको उमेर १६ बर्ष मात्र देखिने भइ अभियुक्त माझी नाबालक रहेको भनेर २०७९ सालमा सम्माननिय राष्ट्रपतीबाट उनले बाँकी जेल भुक्तानको सजाय आममाफी पाएका श्रोतले बताएको छ ।
इलका प्रहरी कार्यालय गौरीगञ्जले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइरहेको बुझिएको छ ।
२०७१ जेठ ३० गते बिद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवँशी बेलुका ४ बजे देखि बेपत्ता भएकोमा २ दिन पछी उनको सब दमक गौरीगञ्ज सडक अन्तर्गत जुरोपानी खण्डको सिसौ घारीमा घासले छोपेको अबस्थामा फेला परेको थियो ।