सरकारी छाप किर्ते प्रकरणमा थप एक जना पक्राउ

पढ्न समय: 1 मिनेट

बैशाख ३१ गौरीगञ्ज । गौरादह नगरपालिका वडा नँ ७ को सरकारी छाप दस्तखत किर्ते प्रकरणमा थप एक जना पक्राउ परेको छ । हिजो आइतबार प्रहरीले जुरोपानी स्थित आफ्नै घरबाट श्याम माझीलाइ पक्राउ गरेको जनाएको छ ।

- Advertisement -
Ad image


१० बर्ष अघि जुरोपानीमा ११ बर्षिया बालिका अस्मिता राजवँशीको हत्या अभियोगमा सजाय पाएकी निशा माझीलाइ सजाय मिनाहा गराउन सरकारी छाप र दस्तखत किर्ते गरि नक्कली जन्म दर्ताको प्रतिलिपि बनाइ दिएको अभियोगमा गौरादह वडा नँ ७ का वडा सचिब ओमनाथ तिवारी पक्राउ परेका थिए । सोहि मुद्दामा अभियुक्त निशा माझीका बुवा श्याम माझी पक्राउ परेका छन् ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्