१६ साउन, मोरँग । गौरीगञ्जको छिमेकी नगरपालिका मोरँगको रतुवामाइ नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सम्पर्ण साप्ताहिक हाट बजारहरु पुर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ । आज नगरपालिकाको कोरोना रोकथाम, नियन्त्रण प्रतिकार्य र ब्यवस्थापन समितीको बसेको बैठकले कोरोनासँक्रमण रोकथाम र नियन्त्रणका लागि साप्ताहिक हाट बजारहरु बन्द गर्ने निर्णय गरेको हो यद्यपी अत्यावश्यक उपभोग्य सामानहरु दैनिक बिहान ६ बजेदेखि बिहान १० बजे सम्म खरिद बिक्री गर्न दिइने कुरा निर्णयमा लेखिएको छ । यो सहित बैठकले सात वटा महत्वपुर्ण निर्णयहरु गरेकाछन् ।