रबिन्द्र बराल
माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित उल्लुघुटु कसेनि घर भई हाल बिराटनगर मा बसाेवास गर्दे आईरहेका युवा समाज सेवि बल बहादुर बस्नेत अहिले महिला, युवा , बृद्घ सबै काे मन जित्दै गएका छन् । धन,पैसा मात्रै जम्मा गरेर अहिले काे समयमा केही गर्ने सकिदैन भन्ने अभिप्राय राख्ने बलवहादुर ले दुई दसक देखि रतुवामाई नगरपालिका भित्रका कुनै गरिव लाई दुख परेकाे देख्न नस्कने बलवहादुर अहिले सबै पक्षकाे मन जितदै गईरहेका छन ।
संबिधान दिवस काे अवसर पारेर समाजसेवी बस्नेतले रतुवामाई नगरपालिका काे वडा नम्बर ३ स्थित रतुवा खाेला काे किनारमा बसाेवास गर्द आईरह प्रतिटाेल मा रहेका सुकुम्बासी घर परिवार हरु लाई खानेपानी काे समस्या भएको कहेदिन अगाडि जानकारी पाए पछि उनलेे १५ घरपरिवार लाई पुग्ने गरि साेहि गाउँ का लागि सार्वजनिक ठाउँमा जडान गर्नेका लागि पाँच थान टुवेल (कल ) तथा जडान खर्च समेत दिएका छन । त्यसै गरि सन्तमत सतसंध मंन्दिर मा ग्रिल, गाेविन्द पुर प्रहरी चाैकी , शिवालय मंन्दिर, आधारभुत प्राथमिक बिधालय , लाई गरि ३ स्थान का लागि आवश्यकता अनुसार पंखा समेत बितरण गरेका छन । कार्यक्रम लाई सम्बाेधन गर्दे समाजसेवी बस्नेत ले भने आफू र आफ्ना भन्दा पनि दुनियाँलाई आफ्नो मान्दछ। जसले थोपा थोपा गरेर आर्जित आर्जनलाई बैंक ब्यालेन्स गर्नु भन्दा पनि आम गरिब ,असहाय, अशक्त र तिनीहरुको दुखलाई आफ्नै ठान्दै उनलेे एउटै काम जो सामाजिक सेवा भएको र साे क्षेत्रमा सेवाभावले निजी सम्पत्तिको ४० लाख रुपैयाँ भन्दा खर्च गरि सकेको र अब काे पाँच वर्षमा यो सेवा काे रकम लाई बडाएर १ करोड रुपैयाँ सम्म पुर्याउने लक्ष्य रहेको र मेरो बैंक ब्यालेन्स भनेकाे नै समाजसेवा गर्नु हाे ।
उनको समाजसेवी देखेर निर्वाचित जनप्रतिनिधिहरुलाई लज्जा बाेझ बनाउदै गएकाे समेत देखिन्छ । पछिल्लो समयमा रतुवामाई का सर्वसाधारण हरु ले समाज सेवी बलवहादुर लाई अब काे नेतृत्व रतुवामाईकाे जिम्मेवारी दिनुपर्ने युवा हरु बताउँछन् । तर उनलेे भने म अहिले तपाईहरुको दुखमा मलहम पट्टी लगाउदै खुसी छु मलाई यसैमा रमाउन मन छ । नेतृत्वले अहिलेकै जसरी गति छाड्दै शासन गरिरहे जनताबाट अनुमोदित भएर पनि सेवालाई निरंतरता दिने उनलेे बताए । कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत , राजेन्द्र कटुवाल , बरिस्ठ अधिवक्ता माेहन ईङनाम, बडा अध्यक्ष बुलन्द प्रसाद सिंह, लगायतको उपस्थिति समेत रहेको थियो ।