समाचार प्रभाब : शिबचरणको घरमा पुग्यो खाद्यान्ह

पढ्न समय: 4 मिनेट


रबिन्द्र बराल
श्रिमान काे खुट्टा भाचिएपछि ८५ बर्षिया श्रीमती गाउँ घरमा जन मजदुरी गर्ने बाध्य भन्ने खवर गौरीगञ्ज दर्पण डट कममा प्रकाशित भए पछि सहयोगी हात हरु अगाडि बडेका छन । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चाेकमा बस्दै आएका ७५ बर्षिय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेकाेे खवर समचार समप्रेसन भए पछि उनको घरमा खाधन्य सामाग्री हरु हस्तान्तरण गरिएको छ । नेपाल अटो वर्सकप व्यवसाय संघ द्वारा ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ पिस साबुन, २ लिटर लेत, ५ प्याकेट स्वाईविन र नगद १५ सय रुपैयाँ गरिव परिवारलाई संघ का रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ता बाट उक्त सहयोग गरेका छन । त्यसै गरी झापा घर भएका अनिरुद्र श्रेष्ठ ले २५ केजी चमाल, ५ केजि चामल र एक काटुन च्याउ च्याउ र रंगेली का स्थानीय अाेमकार थापा ले उक्त बालक लाई २ प्याकेट ल्याकाेजिन तथा स्थानीय ब्यपारी अनिल महेश्वरी द्वारा एक काटुन च्याउ च्याउ समेत दिएका छन । उक्त सामाग्री गौरीगञ्ज दर्पण डटकम तथा एभिन्युज टेलिभिजनका माेरङ समम्दाता रबिन्द्र बराल बाट हस्तान्तरण गरिएको थियोे ।

ाद्य सामग्री हस्तान्तरण गर्दै सञ्चारकर्मी बराल

८५ बर्षिया श्रीमति विमला यादव लेे भनिन आफ्नो घरमा खान काे लागि केही नभएको अवस्थामा यसरी सहयोग गरेकाे मा आफू ३५ खुुुशि भएको उनलेे बताईन । उनका एक छाेरा बुहारी दुई छाेरी समेत साेहि घरमा बस्दै आएका छन ।
६ महिना अगाडि शिवचरण काे टुवेल जाने क्रममा चिप्लिएर लडेपछि उनकाे दुबै खुट्टा भाचिए काे छ । आर्थिक अभाव का कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात अाेछ्यान मै दिन काटन बाध्य रहेका छन । श्रिमान खुट्टा भाचिएपछि अाेछ्यानमा थला परेपछि ३५ बर्षका छाेरा दिन भरि बुवाकाे स्याहारसुसार मा ब्यस्त हुन थाले पछि उनको घरकाे चुलाे समेत बल्न छाडेपछि बृद्धअबश्था मा रहेको आमा अहिले ७ परिवारलाई पालनपोषण का लागि गाउँ घरमा ज्यालादारी गर्न जाने गरेको छाेरा जाेगेन्द्र लेे बताए । बर्षाे देखि अैलाजि जग्गामा बसाेवास गर्दे आएका यादव परिवार मा अहिले यी परिवारमा दुई छाक हातमुख जाेडन धाैधाै परेको छ । घरमा अहिले एक दाना नत चामल नै छ नत किनेर खानकाे लागि आर्थिकै छ । छाेरी ममता ले दुखेसाे पाेख्दै भनिन ६ महिना देखि काे बन्दका कारण ले गर्दा नत बुबा लाई समयमै उपचार नै गराउन पए नत पेट भरि खान नै पाए । बृद्ध भएको आमा ले आफ्नाे सन्तानका लागि कहिले काहीँ आघा केजि चामल त कहिले १ केजि चामल किनेर ल्याउने गरेको र त्यहि ७ जना परिवारले बाडि चुडि खाने गरेको र कहिले काहीँ त भाेकै बस्ने गरेको दुखेसाे पाेखिन । घरमा २ बर्ष र १ बर्षकाे सानाे नानी हरु समेत रहेको र उनी हरु का लागि दैनिक दुघ किनेर खुवाउनु पर्ने र आमा काे समेत दूध नआउने गरेको हुनाले बच्चा हरुलाई समेत पालनपोषण मा निकै समस्या परेको जाेगेन्द्र ले बताए । उनिहरु सात परिवार अहिले दाउरा राख्ने घरमा सुत्नेे गरेका छन । गाई बस्तु बाधनका लागि बनाएकाे घरमा खाना पकाउने गरेका छन । जाेगेन्द्र ले आफ्नाे छाेरा छाेरी का लागि दुघ खुवाउन तथा परिवारलाई पालनपोषण गर्ने का लागि गाउँ घरमा ४० हजार रुपैयाँ ऋिण लिएकाे र अहिले दैनिकी साहु माजन हरु ऋिण फिर्ता गर्नुपर्ने भन्दै दैनिकी जसाे घरमा आएर माग्ने गरेको समेत बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्