समाचारको बिषयलाइ लिएर पत्रकार राजवँशी माथी आक्रमण प्रयास गर्नेहरुले मागे माफी
माघ १२ गौरीगञ्ज । समाचारको बिषयलाइ लिएर गौरीगञ्ज दर्पणका प्रधान सम्पादन मदन राजवँशी माथी आक्रमण गर्न खोज्ने एकराज चम्लागाइ र सन्तोष कार्कीले माफी मागेका छन् । गत पुस २९ गते खजुरगाछी साना कीसान सहकारीको रकम अपचलनको बिषयमा प्रकाशित समाचाको बिषयलाइ लिएर गत माघ १० गते गौरीगञ्जमा जारि आदिबासी जनजाती महोत्सबमा रिपोर्टिङमा खटिएका पत्रकार राजवँशी माथी राति साढे १० बजेको समयमा सो सहकारीकी ऋण समिती सँयोजक नुना चम्लागाइका छोरा एकराज चम्लागाइ र उनका साथी सन्तोष कार्की लगायतले आक्रमण प्रयास गरेका थिए ।


आक्रमण प्रयास पछि हिजो माघ ११ गते मेला आयोजक समिती र पत्रकार राजवँशीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा छुट्टा छुट्टै उजुरी दिएका थिए । उजुरी पछी दुबैलाइ पक्राउ गरिएको थियो ।
आक्रमण प्रयासको घटनामा दुबैले गलती महसुस गरि क्षमा याचना गरेपछी उनिहरुलाइ आउदा दिनमा त्यस्तो गतिबिधि नगर्ने सर्तमा परिबारको जिम्मा लगाइएको कुरा प्रहरीले जनाएको छ ।
आज इलाका प्रहरी कार्यालय गौरीगञ्जमा दोषीहरुले गलती गरेको महसुस गरेकाले एक पटकलाइ सुध्रीने मौका दिन समाजका अगुवाहरुले आग्रह गरेपछी समाजको मुख हेरेर आफुले मन ठुलो बनाएको कुरा पत्रकार राजवँशीले जनाएका छन् । त्यस्तै एकाराजकी आमा नुना चम्लागाइले र सन्तोषका दाजु युवराज कार्कीले आउदो दिनमा उनिहरुबाट त्यस्तो गतिबिधि हुन नदिने लिखित प्रतिबद्धता जनाउका छन् ।