रबिन्द्र बराल ।
मोरङको रंगेली नगरपालिका ७ स्थित भाेटुवाबु चाेक हुदै शुक्रबार देखि दाेहमना राेड र सो रोडमा पर्ने मरिया खाेलाकाे नयाँ पुलको निर्माणकार्य सँझौता म्याद सकि सक्दा समेत निर्माणकार्य सम्पन्न हुन सकेको छैन । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभाग सडक डिभिजन, विराटनगर ले साे पुल संगै साे सडकमा काम काे जिम्मा पिहु एण्ड राज कन्सट्रक्शन प्रा. लि. सुनसरी लाई २०७७ भदौ ३० गते ठेक्का दिएको थियोे । सडक र पुल २०७७ चैत्र ३० गते सम्म निर्माणकार्य सम्पन्न गरेर जिम्मा लगाउनु पर्ने भएता पनि नत पुल काे कामै सम्पन्न गरेकाे छ नत सडक निर्माण नै सम्पन्न गरेको छ । यसरी समय अबधिमा ठेक्केदार कम्पनी हरुले निर्माणकार्य सम्पन्न नगर्दा सम्धित निकाय तथा सडक बिभाग भने मुखदर्सक बनिरहेको छ । ईन्चार्ज ईन्जिनियर सुधिर झा काे अनुसार आफुले उक्त कम्पनी लाई छिटो काम सम्पन्न गर्ने तीन पटक सम्म काम सम्पन्न गर्ने पत्र काटिसकेकाे र बारम्बार आफुले समेत जानकारी गराई सकेकाे झा ले बताए । केही दिन अगाडि ठेक्केदार कम्पनी का मनाेज साह लाई सडक निर्माणकार्य किन ढिलाई भएको भन्ने बिषयमा उनलेे भने खाेलामा ढुंगा बन्द भएको हुनाले काम गर्ने समस्या भएको भन्दै पन्छिन समेत खाेजेका थिए । यसरी समयमै काम नसक्ने उक्त कम्पनी लाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जरुरी रहेको समेत देखिन्छ । सडक निर्माण कार्यमा ढिला सुस्ति काम भए पछि उक्त गाउँका सर्वसाधारण हरुले घुल्लामे भएर बस्न बाध्य भएको र बालबालिका हरु लाई समेत रुघाखोकी बारम्बार लागि रहेको स्थानीय राजेश आचार्यले बताए ।
उक्त सडक प्रदेश सरकार ले काे ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा साे सडक काे कल्भट र ग्रावेल गर्ने ठेक्का पीहु एण्ड राज कन्ट्रक्सन ठेक्का पाएकाे छ ।