• जेष्ठ २१, २०८१
  • Madan Rajbanshi
  • 0

जेठ २१ झापा । लायन्स क्लव अफ कमलकाे आयाेजनामा कमल गाउपालिका वडा नं-२ स्थित समयगढ वजारमा निशुल्क रक्तचाप जाँच तथा व्लड सुगर जाँच शिविर सम्पन्न भएको छ ।

हिजो आईतबार सम्पन्न भएको शिविरमा ७० जना ब्लड सुगर तथा रक्तचापका बिरामीले निशुल्क चेक जाँच सेवा लिएका थिए ।

लायन्स क्लव अफ कमलका वर्ष २०२३/२४ का अध्यक्ष युवराज पाठककाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष रामचन्द्र मिश्र, निवर्तमान अध्यक्ष विप्लव दंगाल, प्रथम उपाध्यक्ष तिलचन्द्र अधिकारी, द्वितीय उपाध्यक्ष मुना दंगाल, सदस्यहरु सागर रेग्मी, नवीन भट्टराई लगायतले स्वयमसेवककाे रुपमा खटिएका थिए । त्यसैगरी ल्याव टेक्निसियन राेशन सापकाेटाले ७० जनाकाे व्लड सुगर जाँच गरेका थिए भने स्वास्थ्यकर्मी साेनु खवासले ७० जनाकाे रक्तचाप जाँच गरेका थिए।

कार्यक्रमकाे संयाेजन, व्यवस्थापन तथा सहजिकरण लायन्स क्लव अफ कमलका सदस्य एवम आगामी वर्ष २०२४/०२५ का काेषाध्यक्ष पवन कुमार राईले गरेका थिए ।