सत्ता साझेदार गठबन्धनलाई हराउँदै धरानमा स्वतन्त्र उम्मेदवार बिजयी

पढ्न समय: 2 मिनेट

सत्ता साझेदार गठबन्धनलाई हराउँदै धरानमा स्वतन्त्र उम्मेदवार बिजयी
चैत ७ धरान । केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशलराज आचार्य स्ववियु सभापतीमा निर्वाचित भएका छन्। आचार्य चार सय १३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी गठबन्धन का अनिरुद्र श्रेष्ठले तीन सय ६४ मत प्राप्त गरेका छन्

श्रेष्ठ नेविसंघ र अनेरास्ववियुको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए । स्ववियुको सचिवमा भने गठबन्धनबाट नेवि संघका विश्वेश्वर प्रसाद बडु निर्वाचित भए। उनले चार सय २७ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी विकास तामाङले तीन सय ५० मत प्राप्त गरे। कोषाध्यक्षमा अखिल क्रान्तिकारीका नामसाङ राईले चार सय ८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका भुवन शाह शंकरले तीन सय ५९ मत प्राप्त गरे।

- Advertisement -
Ad image

सदस्यहरुमा अस्मिता सुवेदीले चार सय २३, निशन पराजुलीले चार सय ७, राजकुमार कठेतले चार सय पाँच, दिव्या रायमाझीले चार सय दुई, बरदान राईले तीन सय ७२, हाङसु लिम्बुले तीन सय ६८, निजल तामाङले तीन सय ६६ मत प्राप्त गरेका थिए । कुल मतदाता नौ सय ६२ रहेको केन्द्रीय प्रविधी क्याम्पसमा सात सय ८५ मत मत खसेको थियो ।
इन्जिनियरिङ अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसमा पनि स्वबियु सभापति मा स्वतन्त्र उम्मेदवार प्रकाश थामी ७ सात १६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपाने ले ४ सात ४९ मत ल्याएका थिए । त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि स्वबियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ हजार १०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्