सता गठबन्धन लगायतलाइ काउन्टर दिदै गौरीगञ्ज क्याम्पसमा स्वतन्त्र प्यानलको उम्मेदबारी

फागन २७ गौरीगञ्ज । चैत ५ गते हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचका लागि गौरीगञ्ज बहुमुखी क्याम्पसमा सत्ता गठबन्धन र अन्य दलका भातृ सँगठनहरुलाइ काउन्टर दिदै स्वतन्त्र बिद्यार्थीहरुको पुरै प्यानलले नै उम्मेदबारी दर्ता गरेका छन् । स्नातक तह दोश्रो बर्षका बिद्यार्थी लालदेव यादवको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदबारी दर्ता भएको हो । स्वतन्त्र प्यानलमा सचिब पदमा अभिषेक राजवँशी कोषाध्यक्ष पदमा नितु यादव र सदस्हरुमा लक्ष्मी गौतम प्रज्वल खनाल र महिमा राजवँशी रहेका छन् ।

देश भारका शैक्षिक सँस्थाहरु राजनैतिक दलका कार्यकर्ताहरुले गर्दा जरजर भइसकेको अबस्थामा स्वतन्त्र पुर्वक बिद्यार्थीहरुको समस्या सुल्झाउन र क्याम्पसको शैक्षिक सुधारका लागि आफु लगायत आफ्नो प्यानलले स्वतन्त्र उम्मेदबारी दिएको कुरा उम्मेदवार यादवले बताए । क्याम्पसमा राजनतिक दलको आवरणमा भइरहेको भ्रष्टाचार तथा बेथिती बिरुद्ध बोल्न दल निकट भातृ सँगठनका बिद्यार्थीले नसकिरहेको अबस्थामा आफ्नो स्वतन् प्यानलले त्यसलाइ चिर्न यो चुनाब जित्नै पर्ने बताएका छन् ।

कुल मतदाता १ सय जना रहेको क्याम्पसको निर्वाचनमा भिड्न यस अघि काँग्रेसको भातृ सँगठन नेबिसँघ र एमालेको भातृ सँगठन अनरास्वबियुले गठबन्धन गरेर सँयुक्त प्यानल खडा गरेका छन् । सो प्यानलमा अध्यक्ष पदका लागि नेबिसँघका रोशन यादब सचिबमा अनेरास्वबियुका डिल्लीराम पौडेल कोषाध्यक्षमा अनेरास्वबियुका मुजफ्फर मिया र सदस्यहरुमा अनेरास्वबियुका युगेस कटुवाल र इशा कुमारि राजवँशी तथा नेबिसँघका डिल्ली राजवँशी रहेका छन् ।

त्यस्तै माओबादी केन्द्रका भातृ सँगठन अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्ष पदमा मोहिनी कुमारी राजवँशी सचिबमा रोहित कुमार ठाकुर कोषाध्यक्षमा लिजा गिरी र सदस्यहरुमा सञ्जय मुर्मु हनिसा ताजपरिया र अस्मिता राजवँशीले उम्मेदबारी दिएका छन्