सडक सफा नगरेपछि जब आक्रोशित स्थानियले गाउँपालिका अध्यक्षको कठालो समाते

पढ्न समय: 2 मिनेट

भदौ १४, दोलखा । एम्बुलेन्सका लागि बाटो खोल्न फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षको कठालो समातेका छन् । बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलूँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हिलाम्मे सडकमा घिसारेका छन् । मेलूँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै एक आक्रोशित स्थानिय ले उनको कठालो समातेको हो ।

स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौं लैजान बाटो मा एम्बुलेन्स कुदाउने अवस्था नभएको ले उनलाई फोन गरिएको थियो । बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोको पहिरो सफा गरिदिन गाउँपालिका अध्यक्ष लाई फोन गरिएको थियो ।
स्थानीयले फोन गर्दा गाउँपालिका अध्यक्ष श्रेष्ठले उनीहरुलाई आफू चरिकोटमा रहेको भनेर प्रतिक्रिया दिएका थिए । उनले फोनमै आफू बाटो सफा गर्न लगाउँछु भनि आश्वासन दिएका थिए । फोनमा आश्वासन पाएपछि विरामीलाई स्ट्रेचरमा लिएर अगाडी बढेका स्थानीयहरुको तीन वटा स्ट्रेचर भाँचिएको थियो।

तर, केही बेरपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा अध्यक्ष नरबहादुर श्रेष्ठ लाई त्यहि देखेपछि श्रेष्ठ ले आफुहरुलाई फोनमा चरिकोटमा छु भनि झुठ बोलेर झुक्याएको र बाटो समेत सफा नगरिदिदा स्थानीयहरु आक्रोसित बनेका थिए । सोही समय उनको कठालो समातेर हातपात गरेको बुझिएको छ ।
यता, गाउँपालिका अध्यक्षलाई आक्रोसित स्थानीयहरुले कठालो मात्र समातेको तथा हातपात नगरिएको बताइएको छ ।
श्रोत – न्युज ब्युरो जनकपुर बाट
तस्बिर – प्रेम लामा

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्