असार १८, गौरीगञ्ज । सोमबार रातिदेखि परेको अबिरल वर्षाका कारण पुल सँगको सडक भत्किएपछि अवरुद्ध रहेको बेलडाँगी बघाचौधरी सडक आजदेखि पुन: सञ्चालमा आएको छ । बर्षाका कारण गौरीगञ्ज बडा नँ २ र ४ लाई जोड्ने सो सडकको किस्नी खोला को पुल को पुर्वि सडक क्षति भएर आधा भास्सिएपछी मँगलबार देखि सो सडकबाट चार चक्के सवारी साधन हरुको आवागमन बन्द भएको थियो ।

गौरीगञ्ज गाउँपालिका को पहल र स्थानीय हरुको सहयोगमा शनिबार सो सडक मर्मत गरिएपछी सो सडक पुन सञ्चालनमा आएको छ । यस अघि शुक्रवार बनियानी खोलाको क्षतिग्रस्त सडक र पुल मर्मत गरि सञ्चालनमा ल्याईएको ‌‌थियो ‌‌।