सँबिधान दिबसको उपलक्ष्यमा गौरीगञ्जमा दीप प्रज्वलन

पढ्न समय: 1 मिनेट


३ असोज, गौरीगञ्ज । सँबिधान दिबसको अबसरमा झापाको गौरीगञ्जमा दीप प्रज्वलन गरिएको छ । नेबिसँघ गौरीगञ्जको अगुवाइमा गौरीगञ्ज चोकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा, वडा नँ ३ का वडाध्यक्ष मखना महतो, न्यायिक समिति सदस्य तथा नेपाल महिला सँघ गौरीगञ्जकी सभापति हेमा आचार्य, गौरीगञ्ज क्याम्पस का स्वबियु सभापति देब ताजपुरिया, नेबिसँघ एकाइ कमिटी सभापति कृष्ण दास बाबाजी, नेबिसँघका नेता भवानी काफ्ले लगायतको उपस्थिति रहेको थियो । दीप प्रज्वलन पछी गापा उपाध्यक्ष दिपेन्द्र थापा र वडा नँ ३ का वडा अध्यक्ष मखना महतोले मन्तब्य राख्दै नेपालको सँबिधान २०७२ जारी गर्न सफल नेपालका तत्कालिन प्रधान मन्त्री शुसील कोइराला लाइ स्मरण गर्दै सम्मान ब्यक्त गरेका थिए ।
आजै सँबिधान दिबसको उपलक्ष्यमा इलाका प्रसासन कार्यालय गौरीगञ्जमा समेत दीपावली गरिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्