• अशोज ११, २०७७
  • Madan Rajbanshi
  • 0

असोज ११, झापा । कनकाई नगरपालिकामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुष रहेका छन् । यो सहित झापामा कोरोना सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ७ पुगेको छ ।
उनको पिसिआर रिपोर्ट पोजिटिभ आएकै दिन हिजो बेलुका घरमै मृत्यु भएको हो । आदर्श विद्या मन्दिर घैलाडुब्बाका कर्मचारी रहेका राजवंशी थरका ती संक्रमित केही दिनदेखि अस्वस्थ्य रहेका थिए । मृत्युपछि प्रहरीले संक्रमितको घर सिल गरेको छ । संक्रमितको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको वडाध्यक्ष प्रेम राजवंशीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दुई र जिल्लामा ७ पुगेको छ ।