फागुन १, शिबगञ्ज । झापाको शिवगञ्ज स्थित श्रृजन आदर्श माबिका २०४४ सालका एसएलसी ब्याचका बिद्यार्थी हरु ३३ बर्षको अन्तराल पछि एकै ठाउँमा भेला भएका छन् । उक्त विद्यालय का ४४ साले ब्याचका बिद्यार्थी तथा हाल मेची क्याम्पस मा प्राध्यापन पेशामा आबद्ध प्रध्यापक बिनोद गौतमको पहलमा भुपु बिद्यार्थी हरुको पुनर्मिलन भएको हो । पुनर्मिलन कार्यक्रम मा २८ जना भुपु बिद्यार्थी हरुको सहभागिता रहेको थियो ।
झापाको पर्यटकीय स्थल दोमुखामा पिकनिक को आयोजना गरि भेला भएका ४४ सालका एसएलसी ब्याचका भुपु बिद्यार्थी हरुको तदर्थ समिति गठन गरिएको छ । बिनोद गौतमको सँयोजकत्वमा गठन भएको समितीमा उपाध्यक्ष पदका लागि अम्बिका मैनालीलाइ चयन गरिएको छ भने सचिव मा रुद्र प्रसाद सँग्रौलालाई चयन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष मा बिष्णु मैनाली तथा सदस्यहरुमा गणेश बजगाई सिताराम भेटुवाल, कार्तिक लाल राजवंशी, गणेश घिमिरे, गोबिन्द भण्डारी, तारा पौडेल निरौला, सिता सुबेदी, राजेन्द्र गौतम र निरा पाठकलाई चयन गरिएको छ । समितीले आफुहरुले अध्ययन गरेको विद्यालयलाई आगामी दिनमा हरेक तरहले सक्दो सहयोग गर्ने लक्ष्य लिएको कुरा भुपु तसर्थ समिति सदस्य कार्तिक लाल राजवंशी ले बताएका छन् ।
बिनोद गौतमको सभापतित्वमा भएको कार्यक्रममा श्रृजन आदर्श माबिका शिक्षक गणेश घिमिरे ले स्वागत मन्तब्य राखेका थिए भने रुद्र सँग्रौलाले कार्यक्रम सहजिकरण गरेका थिए । कार्यक्रममा गोबिन्द भण्डारी, गणेश बजगाई कार्तिक लाल राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए
।