श्रीमानको गोली प्रहार बाट महिला प्रहरीको मृत्यु

पढ्न समय: 1 मिनेट

फागुन ३, दाङ् । दाङमा प्रहरीले नै प्रहरीमाथि गोली प्रहार गरेको छ ।‌ गोली यबाट महिला प्रहरी धनमाया थापाको मृत्यु भएको छ ।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

- Advertisement -
Ad image

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले बताएका छन् । गोली प्रहार गर्ने यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्