रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चाेकमा बस्दै आएका ७५ बर्षिय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेका छन । ८५ बर्षिया श्रि मति विमला यादव ३५ बर्षका छाेरा जाेगेन्द्र यादव र अनकाे श्रि मति र एक छाेरा र एक छाेरी र २५ बर्षकि बहिनी ममता यादव सहित ७ परिवार अहिले एकै ठाउँमा बस्न बाध्य रहेका छन । ६ महिना अगाडि शिवचरण काे टुवेल जाने क्रममा चिप्लिएर लडेपछि उनकाे दुबै खुट्टा भाचिए काे छ । आर्थिक अभाव का कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात अाेछ्यान मै दिन काटन बाध्य रहेका छन । घरकाे आर्थिक अवस्था अत्यन्तै नाजुक भए पछि उनकाे ८५ बर्षिय श्रि मति ले आफ्नाे ७ परिवार पालनपोषण का लागि बृद्ध अवस्थामा आफ्नो परिवार पालनपोषण गर्ने का लागि काम गाउँ घरमा ज्यालादारी गर्न जान बाध्य रहेकि छन । श्रिमान खुट्टा भाचिएपछि अाेछ्यानमा थला परेपछि ३५ बर्षका छाेरा दिन भरि बुवाकाे स्याहारसुसार मा ब्यस्त हुन थाले पछि उनको घरकाे चुलाे समेत बल्न छाडेपछि बृद्धअबश्था मा रहेको आमा अहिले ७ परिवारलाई पालनपोषण का लागि गाउँ घरमा ज्यालादारी गर्न जाने गरेको छाेरा जाेगेन्द्र लेे बताए । बर्षाे देखि अैलाजि जग्गामा बसाेवास गर्दे आएका यादव परिवार मा अहिले यी परिवारमा दुई छाक हातमुख जाेडन धाैधाै परेको छ । घरमा अहिले एक दाना नत चामल नै छ नत किनेर खानकाे लागि आर्थिकै छ । छाेरी ममता ले दुखेसाे पाेख्दै भनिन ६ महिना देखि काे बन्दका कारण ले गर्दा नत बुबा लाई समयमै उपचार नै गराउन पए नत पेट भरि खान नै पाए । बृद्ध भएको आमा ले आफ्नाे सन्तानका लागि कहिले काहीँ आघा केजि चामल त कहिले १ केजि चामल किनेर ल्याउने गरेको र त्यहि ७ जना परिवारले बाडि चुडि खाने गरेको र कहिले काहीँ त भाेकै बस्ने गरेको दुखेसाे पाेखिन । घरमा २ बर्ष र १ बर्षकाे सानाे नानी हरु समेत रहेको र उनी हरु का लागि दैनिक दुघ किनेर खुवाउनु पर्ने र आमा काे समेत दूध नआउने गरेको हुनाले बच्चा हरुलाई समेत पालनपोषण मा निकै समस्या परेको जाेगेन्द्र ले बताए । उनिहरु सात परिवार अहिले दाउरा राख्ने घरमा सुत्नेे गरेका छन । गाई बस्तु बाधनका लागि बनाएकाे घरमा खाना पकाउने गरेका छन । जाेगेन्द्र ले आफ्नाे छाेरा छाेरी का लागि दुघ खुवाउन तथा परिवारलाई पालनपोषण गर्ने का लागि गाउँ घरमा ४० हजार रुपैयाँ ऋिण लिएकाे र अहिले दैनिकी साहु माजन हरु ऋिण फिर्ता गर्नुपर्ने भन्दै दैनिकी जसाे घरमा आएर माग्ने गरेको समेत बताए ।