रबिन्द्र बराल ।

असार १८ रँगेली । श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा रँगेली मा क ब्यक्ति पक्राउ परेका छन् । रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलक मल्लिक पक्राउ परेका छन्। घरायसी विवादका कारण शुक्रबार राति ३२ वर्षीया श्रीमती बबिता मल्लिकलाई भित्र थुनेर घरमा आगो लगाई फरार भएका थिए।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएकाे छ। प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने ले बताए । गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित शनिबार करिब बिहान ६ बजे कोसी अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ ।

तिलकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले दिउसो नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियाे। श्रीमान श्रीमतीबीच आन्तरिक विवादबाट घटना भएको हुनसक्ने देखिएको प्रहरीकाे आशंका रहेको छ । दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि भाउजु बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो। विवाह भए पनि उनीहरू सन्तानविहीन थिए।