शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

पढ्न समय: 1 मिनेट

शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

वैशाख, ५ कपिलबस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्  । अध्यक्ष चौधरीलाई लक्षित गरि कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो । उनलाइ बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ ।

अध्यक्ष चौधरीलाई सकुशल छन् । उनलाई गोली नलागेको डीएसपी अधिकारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्