• भदौ १७, २०७७
  • Madan Rajbanshi
  • 0

झापाको शिबसताक्षीमा घाँटी छिनाइएको अबस्थामा एक पुरुषको शव फेला परेको छ ।
शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा सोही ठाउँका २८ वर्षीय गोमनसिंह मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ चोटसहितको शव फेला परेको हो । उनि हिजो देखि हराइरहेको कुरा स्थानियहरुले बताएकाछन् ।
उनको शव स्थानीय रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले देखेपछि प्रहरीमा खबर गरेका बताइएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
अहिले घटना स्थाललाई सुरक्षित गर्ने काम गरिएको र संघिय प्रहरी कार्यालय धरानबाट कुकुर ल्याईदै गरेको र कुकुरले उक्त घटनाको विषयमा अनुसन्धान गर्ने र त्यसपछि मात्रै घटनाको विषयमा बताउन सकिने कुरा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जनाएका छन् ।