पुस २५ गौरीगञ्ज । चिसो मौसम र शित लहर बढ्दै गएपछी शित लहरबाट बिपन्न नागरिकहरुलाइ जोगाउन गौरीगञ्ज गाउँपालिकाको बिपद ब्यवस्थापन समितीको बैठक बसेको छ । गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा सोमबार बसेको समितीको बैठकले जिल्ला प्रसाशन कार्यालय र बन कार्यालयसँगको समन्बय र प्रहरीको सहजिकरणमा पालिका भित्रका आवश्यक स्थानहरुमा आगो ताप्ने दाउराको ब्यव्थापन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

गौ द

बैठकले पालिका भित्रका ८० बर्ष उमेर कटेका जेष्ठ नागरिक, बिपन्न बर्ग तथा पक्षघात भइ ओछ्यान लागेका बिरामीहरुलाइ सिरक बितरण गर्ने, छिमेकी मुलुकहरुमा कोभिडको नयाँ भेरीयन्ट फैलिदै गएकोमा तत्कालै सिसिएमसिको बैठक बोलाएर आवश्यक निर्णय गर्ने, सडक मानवहरुको ब्यबस्थापन गर्ने र बिपद ब्यवस्थापन सामग्री खरिद तथा सचेतना मुलक कार्यक्रम हरु सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा उपाध्यक्ष पुजन न्यौपाने, वडाध्यक्षहरु किना राजवँशी, बद्री नारायण यादव, एलाका प्रसाशन कार्यालय प्रमुख चुँडामणी आपागाइ, इलाका प्रहरी प्रमुख जितेश दाहाल, रेडक्रस गौरीगञ्जका सभापती यादव रिजाल, उद्योग वाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतो, जोखिम न्युनिकरणका पालिका फोकल पर्सन सुमन थापा, बिपद ब्यवस्थापन उप समिती सँयोजक सन्तलाल ताजपुरिया लगायतको उपस्थिती रहेको थियो ।