साउन २३ झापा । प्रस्तावित शिक्षा ऐन २०८० का केहि बुँदाहरु प्रति असहमति राख्दै त्यसको विरोधमा निजी विद्यालय सञ्चालकले आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले साउन २८ गतेदेखि निजि विद्यालयहरु अनिश्चित कालका लागि बन्दको घोषणा गरेका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूको असहमति छ । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलन घोषणा गरेका हुन् ।
प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्द हुनु अगावै सरकारले ऐन सच्याउने विषयमा प्रतिवद्धता व्यक्त गर्नु पर्ने बताए ।
शिक्षा ऐनको मस्यौदामा पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था छ । निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउँदै आएका छन्।