शिक्षक र चिकित्सक पछी स्थानियतहका कर्मचारीहरु पनि आन्दोलित
बैशाख ६ काठमाण्डौ । शिक्षक र चिकित्सक पछी स्थानीय तहमा कार्यरत कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
स्थानीय सेवा कर्मचारी सञ्जालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारलाइ निजामती ऐन जारी गर्न दबाबस्वरुप आन्दोलन घोषणा गर्न बाध्य भएको सञ्जालले जनाएको छ।
बिज्ञप्तीमा लेखिएकव छ – राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला, उत्साह र सुरक्षा प्रदान गर्नुको साटो तत्कालिन स्थानीय तह कर्मचारी संघर्ष समितीसँग राष्ट्रिय स्तरका ट्रेड युनियहरुलाई साक्षी राखी नेपाल सरकारले मिति २०८०/०६/२७गते गरेको सम्झौतालाई लत्याउदै सबै तहका कर्मचारीको मुख्य मार्गदर्शक ऐनका रुपमा रहेको संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले अगाडी बढाइरहेका बेला सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको मुख्य सचिव हुँ भन्ने पदीय दायित्व नै बिर्सेर स्थानीय तह र प्रदेश निजामती सेवाका कर्मचारीहरुको मनोबल गिर्ने गरी श्रीमान मुख्यसचिव एकनारयण अर्यालले दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, र मुख्य सचिवको उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौ । साथै, स्थानीय तहका कर्मचारीहरुले पटक पटक ध्यानाकर्षण गर्दै आएको भएता पनि राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका कर्मचारीका मागका विषयमा संशोधन प्रस्ताव दर्ता भएका दफाहरुमा हामी सरोकारवालाहरुसँग कुनै छलफल समेत नगरेको र उप समितिले समेत स्थानीय तहका कर्मचारीका विषयलाई बेवास्ता गर्दै बुझाएको प्रतिवेदन प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
पटक पटक ध्यानाकर्षण गराउदा समेत राज्य व्यवस्था तथा सुशासन समितिको उदासिनताका कारण सरकारले मिति २०८०।०६।२७ गते गरेको सम्झौता र स्थानीय तहका कर्मचारीका मागमुद्दाका विषयमा दर्ता भएको संशोधन प्रस्तावमा भएका विषयहरुलाई संघीय निजामती सेवा विध्येकमा समावेश गराइ छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न दबाब स्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएका छौ। साथै तपशिलका विरोधका कार्यक्रमहरु ७५३ वटै स्थानीय तहका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुले गर्न, गराउन यसै विज्ञप्ति मार्फत स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल हार्दिक अनुरोध गर्दछ ।
जारी बिज्ञप्ती अनुसार वैशाख ७ गते ७५३ वटै पालिकाका प्रमुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने त्यस्तै, चैत ८ गते स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र बागमती प्रदेशका सम्पूर्ण स्थानीय तहका कर्मचारीहरु र उपलब्ध अन्य प्रदेशका स्थानीय तहका कर्मचारीहरु काठमाडौँमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालोपट्टी बाँधी काम गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेका छन् ।
फागुन ९ गते यथाशीघ्र स्थानीय तहका मागहरु समावेश नगरिए काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरु गर्ने सञ्जालले जनाएको छ।

