शिक्षक आन्दोलनका कारण गौरीगञ्जका कक्षा ५ र ८ को नतिजा अनिश्चित

पढ्न समय: 2 मिनेट

शिक्षक आन्दोलनका कारण गौरीगञ्जका कक्षा ५ र ८ को नतिजा अनिश्चित

बैशाख ७ झापा काठमाण्डौमा जारी शिक्षक हरुको आन्दोलनका कारण गौरीगञ्ज गाउँपालिका भित्रको कक्षा ५ र ८ को परीक्षाको नतिजा अन्यौलमा परेको छ । बिद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभारका सामुदायिक बिद्यालयका शिक्षकहरु शैक्षिक हडताल गरी काठमाण्डौ केन्दित आन्दोलन चर्काएपछी परीक्षाको नतिजा अन्यौलमा परेको हो ।

- Advertisement -
Ad image

शिक्षा शाखा गौरीगञ्जका शिक्षा अधिकृत टँक खरेलका अनुसार निजि बिद्यालयहरुले कक्षा ५ को नतिजा तयार पारेपनि सामुदायिक बिदयालयको उत्तर पुस्तिका परीक्षण नहुँदा नतिजा प्रकाशन गर्न सकिएको छैन भने कक्षा ८ को ३ वटा बिषयको उत्तर पुस्तिका मात्र परिक्षण गरिएको छ ।

शैक्षिक सत्र शुरु भइसकेपनि शिक्षक आन्दोलनका कारण सामुदायिक बिद्यालयहरु ठप्प हुँदा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी भर्ना कार्यक्रम समेत शुरु हुन सकेको छैन भने कक्षा ५ र ८ को नतिजा सार्वजनिक नहुँदा निजि बिद्यालयहरुलाइ समेत पठन पाठन शुरु गर्न समस्या भइरहेको छ ।

निजि तथा आवासीय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्जका अध्यक्ष गोपाल राजवँशीका अनुसार आज आइतबारबाट सबै निजि बिद्यालयहरुले पठनपाठन शुरु गरेपनि गाउँपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक नगर्दा कक्षा ९ को पठनपाठन शुरु गर्न कठिन भएको बताएका छन् । कक्षा ५ को हकमा कक्षा ५ को नतिजा निजि बिद्यालयहरुले तयार गरेर गाउँपालिकाको शिक्षा शाखालाइ बुझाइ सकेकोमा कक्षा ५ को नतिजा पालिकाले सार्वजनिक नगरे निजि बिद्यालयहरुले आन्तरिक रुपमा आफै सार्वजनिक गर्ने उनले बताएका छन् । कक्षा ८ को तिजाको बिषयमा प्यावसनको बैठक बसेर निष्कर्ण निकाल्ने अध्यक्ष राजवँशीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्