माघ २५ गौरीगञ्ज । समँगलबार साँझ गौरीगञ्जमा एक किशोरीले आत्म हत्या गरेकी छिन् । गौरीगञ्ज माबिमा कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज ३ कृपालटोलीकी सोनी राजवँशीले झुण्डिएर आत्महत्या गरेकी हुन् । हिजो स्कुलबाट घर फर्के लगतै उनि घरमा झुण्डीएर आत्महत्या प्रयास गरेकी थिइन भने उनलाइ मँगलबारे अस्पतालले मृतक घोषणा गरेको थियो ।
प्रत्यक्ष दर्शीका बिद्यार्थीहरुका अनुसार हिजो बिद्यालयमा केटा साथी सँग बसेको निहुमा बिद्यालयका शिक्षक पवन दासले उनलाइ लट्ठीले कुटपिट गरेका थिए । बिद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न बिवश भएको आरोप मृतकका आफन्तहरुले लगाएका छन् ।
पिडितका आफन्त र कक्षा ११ का बिद्यार्थीहरुले आरोपित शिक्षकहरुलाइ पक्राउको माग गर्दै बिहान इलाका प्रहरी कार्यालयमा जम्मा भएका थिए । आरोपित शिक्षकहरुलाइ पत्राउ गर्न ढिला सुस्ती गरेको भन्दै आक्रोशित आफन्त र मृतकका साथीहरुले शिक्षक पवन दासको घरमा तोडफोड समेत गरेका छन् ।
घटना बारे प्रतिकृया लिन गौरीगञ्ज माबिका प्रधानाध्यापक गोबिन्द घिमिरे सँग फोन सँपर्क गर्दा उनि काठकाण्डौमा रहेको र आफुले पाएको जानकारी अनुसार शिक्षक दासले मृतकलाइ सामान्य कुटपिट मात्र गरेको प्रतिकृया दिएका द्घन् । बिद्यालयका निमित्त प्रअ कर्मा शेर्पाले समेत शिक्षक दासले सामान्य कुटपिट मात्र गरेको प्रतिकृया दिएका छन् । यता प्रत्यक्ष दर्शी बिद्रयार्थीहरुले शिक्षक दासले लट्ठीले कुटेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिटको भिडियो बनाएको बताएका छन् ।