विश्व स्वास्थ्य दिवसको अबसरमा पुर्व स्वास्थ्य कर्मचारी भुजेल सम्मानित

लामाे समय सम्म गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहि गत वर्ष अवकास भएका कर्मचारी कुमार बहादुर भुजेललाई सम्मान पत्र, दाेसल्ला तथा मायाकाे चिनाे सहित बुधबार सम्मान गरिएकाे थियाे ।

विश्व स्वास्थ्य दिवसको अबसरमा एक कार्यक्रमको आयोजना गरि भुजेललाई सम्मान गरिएको हो ।‌

‘स्वस्थ विश्वका लागि समतामुलक स्वास्थ्य सेवा’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवसको अवसरमा गाैरीगञ्ज गाउपालिकामा अन्तरक्रिया एवम सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

गाैरीगञ्ज गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाकाे आयाेजना एवम गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे व्यवस्थापनमा गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे हलमा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन एवम व्यवस्थापन समितीका अध्यक्ष एवम गाैरीगञ्ज गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष वद्री नारायण यादवकाे अध्यक्षतामासो कार्यक्रम सम्पन्न भएको हो । गाैरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले कार्यक्रमकाे अाैचित्य सहित स्वागत मन्तब्य राखेका थिए भने खजुरगाछी मा वि का प्रअ गहेन्द्र शाह, वार्ड अध्यक्ष वद्री नारायण यादव, गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले ‘समतामुलक स्वास्थ्य सेवा’ विषयमा मन्तव्य राखेका थियाे ।

कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितीका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वयमसेविकाहरु, सेवाग्राहीका प्रतिनिधीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

अघिल्लो लेखमागौरीगञ्ज ५ बालुगाउँमा भयानक घटना : श्रीमती लाई घाइते पारी झुण्डिए श्रीमान
अर्को लेखमागौरीगञ्जमा जारी १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न : यस्तो छ नतिजा